लगातारको वर्षाले वीरगञ्ज महानगर डुबानमा, जिल्ला प्रसाशनपनि डुब्यो

वीरगञ्ज,६ साउन । तिनदिन देखी परेको लगातार वर्षाका कारण वीरगञ्ज महानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन ।

लगातारको अविरल वर्षाले सडकमै पानी जमा भएर निकाश नहुदा वीरगञ्ज महनगरको अधिकांश क्षेत्र तथा जिल्ला प्रसाशन कार्यालय पर्सा समेत डुबानमा परेको हो ।

वीरगञ्जको व्यपारीक केन्द्र आदर्शनगर क्षेत्रमा सडकमै पानी जमाभएर पसलहरुमा समेत पानी पस्न थालेपछि पसलमा रहेका समानहरुको क्षतीका कारण व्यापारीहरु चिन्तित बनेका छन ।

प्रत्येक वर्षकोे वर्षाले यस क्षेत्र डुबान हुदै आएपनि सम्बन्धी निकायले यसको निचोड निकाल्न नसक्नु विडम्बनाको विषय बनेको छ ।

विपद व्यवस्थापनको कार्यालय समेत रहेको जिल्ला प्रसाशन कार्यालय पर्सा पनि प्रत्येक वर्ष झै यस वर्ष पनि डुबानमा परेपछि विभिन्न कामले प्रसाशन कार्यालय पुग्ने सेवाग्राही तथा प्रसाशन कार्यालयका कर्मचारी समेत डुबानमै कार्यालय पुग्ने गरेका छन ।

वीरगञ्जको रानीघाट,मुर्ली नयाँ टोल,श्रीपुर,राधेमाई,नगवा,इनर्वा लगाएतका क्षेत्रका बासिन्दा डुबानका कारण प्रभावीत भएका छन ।

आकाशे वर्षाको समुचीत निकाश नहुदा प्रत्येक वर्ष महानगर लगाएत आसपासका क्षेत्र डुबानमा पर्ने गरेको भएपनि सम्बन्धीत निकायले डुबानबाट आफनो क्षेत्रलाई बचाउनका लागी दिर्घकालिन उपाय ननिकाल्दा आम नागरिक डुबानको समस्या बाट निकाश पाउने छाटघाट देखिदैन ।

error: Content is protected !!