४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बाराको देवतालमा अनिश्चितकालीन निषेधाज्ञा

देवताल गाउपालिका

वीरगञ्ज, ५ साउन। बाराको देवताल गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय बाराले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

गाउँपालिकाका ७४ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सोमबार बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान हुँदै आएका सबै सेवाहरु अर्काे सूचना नहुँदासम्म बन्द गर्न निर्देशन दिएका छन् ।

छिमेकी नगरपालिका र गाउँपालिकाबाट देवताल प्रवेश गर्न र गाउँपालिकाभित्र हुने दैनिक आवतजावत् र सवारीसाधन सञ्चालनमा समेत पूर्णरुपमा निषेध गरिएको छ । हाटबजार सहितका अन्य सबै पसलहरु बन्द गर्न निर्देशन दिइएको छ ।

देवताल गाउापालिकाभित्र अर्को सूचना जारी नहुन्जेल विवाह व्रतबन्धलगायत धार्मिक तथा साास्कृतिक कार्यहरु पनि नगर्न प्रशासनले निर्देशन दिएको छ ।

एम्बुलेन्स, अत्यावश्यक खाद्यान्न, औषधि, ग्याँस, दूध, तेलका पसलहरु भने सञ्चालन हुने जिल्ला प्रशशासन कार्यालय बाराले जानकारी दिएको छ ।

error: Content is protected !!