पर्सा र बाराका क्वारेन्टाइनमा बसेका ५० जनामा कोरोना पुष्टि

वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ४६ जना बारा र ४ जना पर्साका बासिन्दा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।

उनका अनुसार बाराका ४६ जना देवतल गाउँपालिकाको क्वारेन्टाइनका हुन् । पर्साका चार जना भने होटल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका थिए ।

‘बाराका ४६ जना संक्रमितमध्ये १० जना महिला हुन्,’मिसन खोजसंग मेसु उपाध्यायले भने, ‘आइतबार राति भएको परीक्षणमा बारा र पर्साका ५० जना नयाँ कोरोना संक्रमित पुष्टि भएको हो ।’ संक्रमितलाई आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।

error: Content is protected !!