वीरगञ्ज,साउन ४ । निशुल्क पिसिआर परिक्षण र पासमा सहजताको मांग गर्दै जनता समाजवादी पार्टी पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको छ ।
जनता समाजवादी पार्टी वीरगंज महानगर कार्य समितिले आज पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीलाई ज्ञापन पत्र बुझाएको हो ।
महानगर अध्यक्ष लियाकत अलिको नेतृत्वमा गएको टोलीले प्रजिअ कार्की मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरवार,स्वास्थ्य मन्त्रालय काठमाडौं र मुख्यमन्त्रीको कार्यालय जनकपुरमा ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउदै जसपाका नेता राजेश मान सिंहले कोभिड चेकजाँचको नाममा तोकिएको शुल्क व्यवहारिक नभएको र त्यसले पिडित जनतालाई झन समस्यामा पार्ने बताउनुभयो ।
नेता सिंहले कोरोना भाईरसको नाममा देशको राजधानी काठमाडौं प्रवेशमा गरिएको कडाई सम्बन्धमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो ।
उहाँले बिदेश जान भिसा लगाए झै काठमाडौं जान पनि स्थानिय निकायबाट सिफारिस लगायतको प्रवधान तत्काल हटाउन माँग गर्नुभयो ।
उपाचर र काम बिशेषले जान नपाएर स्थानियहरु पिडित बनेको ज्ञापन पत्र मार्फत जानकारी दिनुभयो ।
केन्द्रीय सदस्यहरू शशिकपुर मियाँ , सिपु तिवारी नेताहरू मदन यादव ,मुकेश दुबेदी , सलाउद्दीन मंसुरी , शशी पाण्डे , मुना सोनी, केदार साह, प्रमोद यादव, अफरोज आलम, राजु गुप्ता , सोनु कुमार पटेल ,संदीप पटेल लगायतको उपस्थिति रहेको थियो ।
यसमा तपाईंको प्रतिक्रिया: