६ वर्ष पछी हत्या आरोपी पक्राउ, भारतीय भनिएका कलवारसंग नेपाली ‘नागरिकता’ पनि

वीरगञ्ज, ४ साउन । भारतीय नागरिकको हत्यामा संलग्न रहेको आरोपमा ६ वर्ष पछि पक्राउ परेका भनिएका भारतीय नागरिक संग नेपाली नागरिकता पनी रहेको प्रमाण भेटिएको छ ।

६ बर्षअघि बारामा एक भारतीय नागरिकको हत्याका घटनामा संलग्न रही फरार रहदै आएका भारत बिहार पश्चिमी चम्पारण घर भएका धर्मेन्द्र कलवारलाई वीरगञ्ज बाट प्रदेश प्रहरी कार्यालय जनकपुरधाम बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

भारतीय भनिएका कलवार वीरगञ्ज वडा नम्बर ९ बाट धर्मेन्द्र कुमार गुप्ताको नामबाट नेपाली नागरिकता लिएका छन । उनले यातायात व्यवस्था कार्यालय नारायणी बाट दुई पाग्रें सवारी चालक अनुमति पत्र समेत लिएका छन ।

उनको नागरिकता नम्बर ३४१०२२/२९० भएको र पर्साबाट जारी गरिएको हो । धर्मेन्द्र गुप्ताको नामबाट फेसबुक आईडी रहेका गुप्ताले आफनो फेसबुक प्रोफाइल तस्विरमै आफु भारतीय भएकोमा गर्व लागेको भारतीय लोगो सहित को आफनो तस्विर राखेका छन ।

सम्बन्धित निकायले यस विषयमा पनी गम्भीर अनुसन्धान गर्न जरुरी छ ।

कलवारले २०७१ साल वैशाख ९ गते बाराको तत्कालिन विश्रामपुर गाविस ९ स्थित गहुँ खेतमा भारतको रक्सौल घर भई वीरगञ्ज १९ मा बस्दै आएका प्रमोद साह तुरहालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका कलवारलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको प्रदेश प्रहरी कार्यालय क्राइम ब्रांचका प्रहरी निरीक्षक बरुन बहादुर सिंहले जानकारी दिनु भयो ।

error: Content is protected !!