पिसिआर परिक्षण शुल्क लिने निर्णय फिर्ता लिन कांग्रेस पर्साको मांग

वीरगञ्ज, ४ साउन । शुल्क लिएर पिसिआर परिक्षण गर्न सरकारले गरेको निर्णयको विरोध गर्दै नेपाली कांग्रेस पर्साले विरोध प्रर्दशन गरेको छ ।

सरकारी निर्णय फिर्ताको मांग गर्दै नेपाली कांग्रेस पर्साले आज वीरगञ्ज स्थित नारायणी अस्पताल अगाडी प्लेकार्ड सहित सरकारको उक्त निर्णयको विरोध गरेको हो ।

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी ले कोरोना भाईरस महामारीका कारण आर्थिक संकटमा परेका आम नागरिकको पिसिआर परिक्षणका लागी ५ हजार ५ सय रूपैया शुल्क लगाएर सरकारले जनतालाई थप पिडा दिन खोजिएको आरोप लगाए ।

वैश्विक रूपमा फैलिएको यस महामारीको समयमा आम नागरिकलाई निशुल्क पिसिआर परिक्षण गर्नुको साटो शुल्क लगाएर नागरिकलाई थप आर्थिक संकटमा पार्ने सरकारको यस्तो कदम कदापी स्वीकार्य गर्न सकिदैन सरकारले अविलम्ब यो निर्णय फिर्ता लिनु पर्छ सभापति द्विवेदीले भने ।

नारायणी अस्पतालको लागि बीरगंजवासीहरुले चन्दा संकलन गरेर पिसिआर मेसिन खरिद गरेका हुन त्यसकारण निशुल्क परिक्षण हुनुपर्छ उनले बताए ।

लकडाउनका कारण समस्यामा परेका आम नागरिकका लागी स्थानीय सरकार र संघिय सरकारले कुनै किसिमको राहत उपलब्ध नगराई भ्रष्टाचारमा डुबेर सरकार फेल भएको सभापति द्विवेदीले आरोप लगाउनु भयो।

विरोध कार्यक्रममा जिल्ला सचिव श्याम पटेल , क्षेत्रीय सभापति बिजय सराफ, नगर सभापति भोला गुप्ता,दिना गुप्ता ,प्रकाश उपाध्या, अरविन्द गुप्ता, ललन द्विवेदी,रोशन लामिछाने ,सुशील खेतान, सुधीर पटेल, बिकेस पटेल,बिवेक कलवार, हुकुम सिंह लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

error: Content is protected !!