वीरगञ्ज व्यवस्थित अभियानकर्ताले दिए झरी मै नाला सरसफाईलाई निरन्तरता

वीरगञ्ज । वीरगञ्ज महानगरलाई व्यवस्थित सफा सुन्दर र स्वच्छ बनाउन अभियानमा लागेको अभियान कर्ताहरु आज झरीको बिचमा पनी नाला सरसफाईलाई निरन्तरता दिएका छन ।

बिहानै देखी परेको वर्षाको प्रवाह नगरी वीरगञ्ज ११ का वडा अध्यक्ष, स्थानीय संघ सस्थाका युवाहरू, महानगरपालिका कर्मचारी र स्थानीय प्रहरी प्रशासनको सहकार्यमा बीरगंज महानगरपालिका वडा नं ११ का विभिन्न स्थानका नालाहरुको सरसफाई द्रुतगतिमा गरिएको अभियानमा सहभागि युवा अकलेश साहले जानकारी दिए ।

बीरगंज महानगरलाई स्वच्छ तथा सफा सुन्दर र व्यवस्थित गर्न यो अभियान घाम पानी केही नहेरी निरन्तर आफनो अभियान जारी राखेको साहले बताए ।

नालामा फालिएको फोहोरका कारण नाला जाम भएर वर्षायाममा नगरका विभिन्न वडाहरू नै डुबानमा पर्ने गरेको छ । नाला सरसफाई भएपछी पानीको बहाव नरोकिने र डुबान हुने समस्या बाट केहि राहत पुग्ने साहले बताए ।

वीरगञ्जको मुर्लिचोक देखी घण्टाघर सम्मको नाला सरसफाईलाई निरन्तरता दिइएको छ ।

error: Content is protected !!