ठुलो संख्यामा नक्कली रुपैया सहित बाराबाट तिनजना पक्राउ

वीरगञ्ज, ३ साउन । नक्कली रुपैयाँ सहित बारा प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नं २ बरियारपुर चौक बाट ३ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बाराको आदर्श कोतवाल गाँउपालिका वडा नं ६ निवासी बर्ष ३० को नरेन्द्र प्रसाद कुशवाहा , सिम्रौनगढ नगरपालिका ५ निवासी बर्ष २६ को मनोज कुमार साह र भारत बिहार मोतिहारी थाना कोरैया निवासी सुधिर कुमार कुशवाहा रहेका छन ।

लागू औषध खरिदबिक्री तथा ओसारपसार गरिरहेको बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो कोटेश्वर र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त गस्ती टोलिले बाराको महागढीमाई नगरपालिका वडा नं २ बरियारपुर चौक बाट ३ जनालाई नक्कली रुपैया सहित नियन्त्रणमा लिईएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो ।

पक्राउ परेका ३ जनाको झोला खानतलासी गर्दा नेपाली नोट रु १००० दरको ११६५ थान , रु १०० को ७४६ थान ,भारतिय नोट रु ५०० दर को २८४ थान रु ५० दर को ७०६ थान सहित उनिहरुलाई पक्राउ गरिएको प्रवक्ता मिश्रले जानकारी दिनु भयो । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यलय बाराको नियन्त्रणमा राखी थप अनुसन्धान भैइरहेको बारा प्रहरीले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!