सामुदायिक प्रहरी छपकैयाले कोरोना बाट बच्न् सर्वसाधारणलाई मास्क वितरण गर्यो

वीरगञ्ज । मास्क नलगाई विभिन्न कामले घर बाहिर निस्केका सर्वसाधारणलाई सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाले मास्क वितरण गरेको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न सर्वसाधारणले अपनाउनु पर्ने सावधानी बारे चेतना मुलक जानकारी दिदै २ सय जनालाई मास्क वितरण गरेको थियो ।

आईतबार बिहान ९ बजे देखी ११ बजे सम्म सामुदायिक प्रहरी केन्द्र छप्कैया कार्यालय अगाडी सर्बसधारण बटुवाहरुलाई मास्क वितरण गर्दै घरबाट बहिर निस्किदा अनिवार्य मास्क लगाउनु पर्ने बिना मास्क लगाएको मानिसहरुलाइ रिक्सा ,अटो रिक्सामा नचढाउन तथा कोरोना नियन्त्रणमा आ आफ्नो ठाउ बाट सहयोग गर्न आग्रह गरिएको प्रहरी सहायक निरीक्षक जन्मेजय यादवले जानकारी दिनु भयो ।