प्रहरी चौकी भिष्वाद्वारा भन्सार छलीको लता कपडा बरामद

वीरगञ्ज, २८ असार । प्रहरी चौकी भिष्वाले अवैध रूपमा भन्सार छली भित्रयाईएको लता कपडा बरामद गरेको छ ।

प्रहरी नायव निरीक्षक प्रेम बहादुर खत्रीको कमाण्डमा रहेको गस्ती टोलीले छिपहरमाई गाउपालिका वडा नम्बर ५ भिष्वा स्थित खेतको बाटो प्रयोग गरेर भित्रयाईएको अवैध लता कपडा बरामद गरेको हो ।

प्रहरी चौकी पछाडीको खेतको बाटो प्रयोग गरेर चोरी पैठारीका माध्यमले भारतबाट नेपाल तर्फ भित्रयाईएको  दुईवटा बोरामा रहेको ९ सय १७ पिस विभिन्न रेडिमेट कपडाहरु बरामद गरिएको प्रहरी चौकी भिष्वाका प्रमुख प्रहरी नायव निरीक्षक प्रेम बहादुर खत्रीले जानकारी दिनु भयो ।

बरामद लता कपडाहरुमा कटु,गञ्जी, हाफ पैंट लगाएतको कपडा रहेका छन ।

error: Content is protected !!