विश्व जनसंख्या दिवसको अवसरमा श्रीसुरजी देवी माविमा वृक्षारोपण

वीरगञ्ज । विश्व जनसंख्या दिवसको अवसरमा वीरगञ्ज १२ मुर्लीमा रहेको श्रीसुरजी देवी माविमा वृक्षारोपण गरिएको छ ।

विधालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एवम नेकपा पर्साका नेता शम्भु प्रसाद गुप्ताको अगुवाईमा विधालय प्रांगणमा उन्नत जातको विरूवा रोपिएको हो ।

विधालय प्रांगणमा आयोजित वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि पुर्व अध्यक्ष एवम नेकपा पर्साका नेता शम्भु प्रसाद गुप्ता, विशिष्ट अतिथि वडा नम्बर १२ का वडाध्यक्ष रामदरश कुशवाहा, विधालय व्यवस्थापन समितिका अध्यक्ष अजय गुप्ता र विधालयका प्रधानाध्यापक नविन मिश्रा र विधालयका शिक्षक उत्तम गुप्ता लगाएतले संयुक्त रूपमा वृक्षारोपण गरेका दिए ।

वृक्षारोपण पछी आयोजित कार्यक्रममा बोल्दै नेता गुप्ताले ग्लोबल वार्मिंगको कारण देखिएको विभिन्न प्राकृतिक विपदा एवम प्रकोप बाट बच्नका निम्ती वृक्षारोपण अतिआवश्यक रहेको बताउनु भयो ।

समाजलाई नया जीवन प्रदान गर्न हामी प्रत्येक व्यक्तिले आफनो घर, कार्यालय, जुन माध्यम बाट भएपनी वृक्षारोपण गरेर प्रकृतिकलाई जोगाउन हामी सबैको दायित्व भएको बताउनु भयो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!