विश्व हिन्दू महासंघको पर्सा जिल्ला कार्यसमिति गठन

वीरगञ्ज । नेपाल विश्व हिन्दु महासंघको जिल्ला कार्य समिती पर्सा गठन गरिएको छ ।

महासंघको राष्ट्रिय सचिव अभिषेक तिवारीको अध्यक्षता एवं केन्द्रिय संगठन बिभाग प्रमुख बिजय प्रकाश निषादको प्रमुख आतिथ्य तथा प्रदेश २ का संयोजक बिशाल झाको बिशेष उपस्थितिमा बसेको बैठकले १३ सदस्यीय जिल्ला कार्य समिती गठन गरिएको हो ।

बैठकले श्रीनन्दन भारद्वाजको अध्यक्षतामा १३ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्सा गठन गरेको हो ।

नवगठित कार्य समितीको उपाध्यक्षमा सुश्री ज्योति साह र सन्दीप साह, सचीवमा ओम प्रकाश उपाध्याय, सह सचिवमा बिशाल तिवारी र सदस्यहरुमा मन्टु कुमार साह, खोभारी पटेल, बिन्देश्वर गिरि, योगेन्द्र शर्मा, मनोज पासवान, राजेन्द्र साह, सुरज रौनियार तथा दिपेन्द्र चौधरी लाई चयन गरिएको छ ।

यस्तै बैठकले पर्सा जिल्लाका पुर्व अध्यक्ष राम अयोध्या महतो एव पुर्व महानगर अध्यक्ष आकास गुप्ता लाई प्रदेश २ को कार्य समितिमा सिफारिस गरेको छ।

error: Content is protected !!