भाेलिदेखि सार्वजनिक सवारी चल्न दिने सरकारकाे निर्णय

काठमाडौं ।  सरकारले छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले छोटो दूरीमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिन सरकारले निर्णय गरेकाे बताए ।

याे सँगै अब काठमाडौं उपत्यकाका तीनै जिल्ला र अन्य जिल्लामा भने जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइनेछ। चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रुमात्रै बस्न पाउने छ।

यात्रु सबैले मास्क लगाउनु पर्ने र गाडीमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने सरकारले जनाएको छ। एक पंक्तिमा एकजना बस्ने गरी सवारी साधनको क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाउने जनाइएको छ।

यसरी सञ्चालन गरेकाे सवारीमा यात्रुसँग ५० प्रतिशत थप भाडा लिन पाइने सरकारकाे निर्णय रहेकाे छ ।

यस्तै, ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय भएको छ। ट्याक्सीमा भने थप भाडा लिन पाइने छैन ।

error: Content is protected !!