प्रदेश २ स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया सम्पन्न

वीरगञ्ज । कोरोना भाइरस तथा अन्य रोगहरु बाट बच्न् बारे जानकारी दिने उदेश्यले आयोजना गरिएको पत्रकारहरु संग स्वास्थ्य सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

प्रदेश नं २ अन्तरगत रहेको सामाजिक बिकास मन्त्रालय, स्वास्थय निर्देशनालय सपही धनुषाको आयोजनामा आज पर्साका संचारकर्मीहरु संग स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल मेडिकल एसोशिएसनको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थय निर्देशनालयका प्रमुख डाक्टर मुक्तीनारायण साहले विश्वमा माहामारीको रुपमा फैलिएको कोराना भाईरसको प्रदेश नं २ मा रहेको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रदेश नं २ मा कोरोना भाईरस दिन प्रतिदिन बढदै गईरहेको अवस्थामा सबैलाई सचेत र सर्तक रहन आग्रह गर्नुभएको थियो ।

वहाले यस्तो जटिल अवस्थामा पनि पर्साका संचारकर्मीहरुले निर्धक रुपमा आफनो भुमिका निर्वाह गरेकोमा संचारकर्मीहरुको प्रशंसा समेत गरेका थिए।

साथै वहाले कारोना भाईरसबाट मात्र माहामारी फैलने नहुदा अरु रोग जस्तै मलेरिया , कुष्ट रोग , हेपाटाइटिस बी लगायत रोगहरुबाट बच्न पनि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा आफनो मन्तब्य राख्दै पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले कोरोनाको महामारी अवस्था बाट बचाउ गर्दै सबै संचारकर्मीहरुलाई सामाजिक दुरी कायमगरी आफनो कामहरु गर्न अध्यक्ष बन्जाराले आग्रह गर्नुभएको थियो ।

error: Content is protected !!