लायन्स क्लब वीरगञ्ज नर्थद्वारा पर्सा ट्राफिक लाई एलईडी टिभी सहयोग

वीरगञ्ज । लायन्स क्लब वीरगञ्ज नर्थले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई एकथान एलईडी टिभी सहयोग गरेको छ ।

एक कार्यक्रमका बिच लायन्स क्लब वीरगञ्ज नर्थका अध्यक्ष सञ्जय अग्रवालले पर्सा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक कमलराज पण्डितलाई एकथान ३२ इन्चको एलईडी टिभी हस्तान्तरण गर्नुभयो ।

साथै प्रभु सेट अप बक्स र एक वर्षको लागी डिस लाइन समेत जडान गरिएको छ ।

सधै धुवाँ धुलो र घाम पानीमा अहोरात्र समाजको ब्यवस्थापनमा खटिने ट्राफिक प्रहरीलाइ साँझ मानसिक तनाव काम होस भनी उदेश्यले यस्तो सहयोग गरेको क्लबका अध्यक्ष सन्जय अग्रवालले बताए।

सहयोग ग्रहण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख कमल राज पन्डितले यस सहयोगले समाजमा गरेको कामलाइ सामाजले पनि मुल्यांकन गर्दा थप काम गर्ने उर्जा बढ्ने विचार ब्यक्त गरेका थिए।

कार्यक्रममा संस्थाका सचिव अजित गोयल,कोषाध्यक्ष अनुप सरावगी,पुर्व अध्यक्ष अनुज रुङ्टा, ट्राफिक प्रहरी नायव निरीक्षक सुर्य बहादुर थापा लागायतको उपस्थिति रहेको थियो।

लायन्स नर्थले अगामी दिनमा सुध पानी जडान सहित अन्य सामजिक कार्य गर्ने योजना रहेको संस्थाका उपाध्यक्ष गोविन्द साहले बताए।