जिपि फाउण्डेशन द्वारा पर्साका दुईजना पत्रकार नगद सहित सम्मानित

वीरगञ्ज । गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले दुईजना पत्रकारलाई नगद रु २१ हजार सहित सम्मानित गरेको छ ।

नेपाल पत्रकार महासघको सभा हलमा आयोजित एक कार्यक्रममा पत्रकार कन्हैयालाल केसरी र महिला पत्रकार निलिमा पौडेललाई नगद सहित सम्मान गरिएको हो ।

फाउन्डेसनका पर्सा अध्यक्ष महम्मद शाहबुदिनको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरासीयाको प्रमुख आत्थियमा सम्पन्न सम्मान कार्यक्रममा चौरासीयाले नेपालको राजनीतिक परिवर्तनमा स्वर्गिय गिरिजा प्रसाद कोईरालाले ठूलो योगदान पुराएको चर्चा गर्नु भएको थियो ।

गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र लोकतन्त्रका र माओवादीलाई शान्ति प्रकृियामा ल्याएर देशलाई योगदान पुर्याएको बताए ।

प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले अहिले प्रदेश २ का सरकारमा भएका मन्त्रीहरुले जनताको भावना भन्दा पनि आफ्नो कार्यकर्ता पाल्ने बजेट ल्याएको आरोप लगाए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले अहिले प्रदेश सरकारले सञ्चार विधेयक चोरबाटो ल्याएर पत्रकार माथि अङकुश लगाउने काम गरेकोमा पत्रकार महासंघ चाडै आन्दोलनको तयारी गरिरहेको बताए।

पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले श्रमजीवी पत्रकारहरुलाई यो कोरोना महामारीको बेलामा नगदसहित सम्मान गरेकोमा धन्यवाद दिनुहुदै आगामी दिनहरुमा समेत यस्तै पत्रकारहरुका लागि काम गर्ने सुझाव दिनुभएको थियो ।

सम्मान कार्यक्रममा प्रेस सगठन पर्साका सयोजक निरज पिठाकोटे मगर, प्रेस युनियनका अध्यक्ष राम नारायण कुर्मी ,प्रध्यापक हरेराम ठाकुर ,नेपाली काङ्ग्रेसका नेता रामरुप कुर्मी, कन्हैयालाल केसरी लगायतले मनतब्य दिनुभएको थियो ।कार्यक्रमको स्वागत मनतब्य मनोहर साहले गर्नु भएको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!