वाषिर्कोत्सवमा इन्भेष्टमेण्ट बैंक द्वारा पत्रकारलाई स्वास्थ समाग्री वितरण

वीरगञ्ज, १९ असार । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफनो २६ औ वाषिर्कोत्सवको अवसरमा पत्रकारहरुलाई स्वास्थ्य समाग्री वितरण गरेको छ ।

शुक्रवार बिहान बैंक प्रांगणमा आयोजित कार्यक्रममा पर्साका ४० जना पत्रकारहरूलाई स्वास्थ्य समाग्री वितरण गरिएको थियो ।

समाजिक उत्तर दायित्व अन्तर्गत बैंकले कोरोना भाईरस रोकथामका लागी फिल्डमा खटिरहेका क्रियाशील पत्रकारहरूलाई कोरोना भाईरस बाट बच्न् स्वास्थ्य समाग्री वितरण गरिएको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड वीरगञ्जका प्रमुख रोशन भक्त श्रेष्ठले जानकारी दिनु भयो ।

फिल्डमा खटिरहेका पत्रकार साथीहरुलाई अति आवश्यक पर्ने माक्स, सेनिटाइजर, प्रेस ज्याकेट, क्यालेंडर लगाएत समाग्री वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

अगामी दिनहरुमा पनी समाज प्रतीको उत्तर दायित्व बोध गर्दै विभिन्न समाजिक सेवाका कार्यहरुमा सहयोग जारी राख्ने उनले बताए ।