चट्याङ लागेर बारामा ४ जनाको मृत्यु, ७ घाइते

बारा । बारामा चट्याङ लागेर चारजना महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान पानीसँगै परेकाे चट्याङले फेटा गाउँपालिकाका दुईजना र कलैया उपमहानगरपालिकाका दुईजना गरी चार जना महिलाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा फेटा गाउँपालिका १ त्रिवेनी निवासी ३० वर्षीया सिन्दु देवी, ४० वर्षीया सुनरपती देवी तथा कलैया उपमहानगरपालिका शितलपुर निवासी ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवि महतो रहेकाे बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्राले जानकारी दिए ।

मृतक चारैजना महिला बिहान ७ बजे धान रोपाइँका लागि खेतमा गएको बेला चट्याङ लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक मिश्राले बताए ।

यस्तै मृतक महिलाहरुसँगै खेतमा गएका सात जना पुरुष घाइते भएका छन् । घाइतेकाे नाम अहिले सम्म खुल्न सकेको छैन।

उनीहरुलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । घाइतेमध्ये एकजनाकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ।

error: Content is protected !!