नागरिकता बिधेयक विरुद्ध वीरगञ्ज र पोखरीयामा जसपाको प्रदर्शन

वीरगञ्ज । नागरिकता संसोधन बिधेयक खारेजीको मागं गर्दै वीरगञ्ज र पोखरीयामा विरोध प्रदर्शन गरिएको छ ।

जनता समाजवादी पार्टी पर्सा र जनता समाजवादी पार्टी पर्सा क्षेत्र नं. ३ ले पोखरीयामा नागरिकता विधेयक विरुद्ध बिरोध प्रदर्शन गरेको हो।

विरोध प्रदर्शनका क्रममा बैवाहिक अगिंकृत नागरिकताको ७ बर्से प्रावधान खारेज गर, महिला संगको विभेद अन्तय गर, रोटी बेटीको सम्बन्ध बिगार्न पाईदैन, मधेसी माथिको अत्याचार बन्द गर र केपी तिम्रो पाराले दुख पाए साराले लगाएतको नारा सहितको प्लेकार्ड लिएर विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शन पछी आयोजित कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले नेकपाले नागरिकता सम्बन्धी ल्याएको संसोधन विधेयक मधेश विरोधी रहेको आरोप लगाउनु भयो ।

नेपाल र भारत विच सदियौ देखी रहेको रोटी र बेटीको सम्बन्धमा दरार पैदा गर्ने मन्सायले यो विधेयक ल्याईएको दावी गर्नु भयो ।

नागरिकता संसोधन विधेयक खारेज नभए सम्म सडक र सदन दुबै ठाउबाट संघर्ष जारी राख्ने बताउनु भयो ।

जिल्ला सचिव तबरेज अहमदले कम्युनिस्ट सरकार निरंकुश शैलीमा नागरिकता विधेयक ल्याएर मधेशी प्रतीको विभेदलाई उजागर गरेको आरोप लगाएका थिए ।

यसैगरी पोखरीयामा गरिएको विरोध प्रदर्शनमा देश बिपत्तिको सामाना गरिरहे अवस्थामा केपि ओलि सरकारले विभिन्न बहाना र खोकोलो राष्ट्रवाद देखाउने र मधेस र पहाड बिच दुरि कायम गरि राजनीति सफल पार्न देशमा गृह युद्ध निम्तियाउने खेल भएको जसपाका सह-महासचिव नेजामुदिन समानिले आरोप लगाए।

यस निणर्यले मधेस र मधेसी प्रतिको विभेद तथा दमनलाई उजागर गरेको छ। महिला प्रतिको लैङ्गिक भिन्नता र समानताको सवाललाई खिल्ली उडाऐको छ । तसर्थ यस्ता विभेदकारी निणर्य गरि आपसी सदभाव र निरङ्कुशताको उजागर गर्नु बाहेक अरु केहि नभएको जसपा युवा नेता शिव कुमार साहले बताए ।