सांसद प्रदिप यादवको संयोजकत्वमा वैज्ञानिक वन छानबिन अध्ययन टोली गठन

वीरगञ्ज । पर्सा क्षेत्र नं १ का सांसद प्रदिप यादवको संयोजकत्वमा तीन सदस्यीय वैज्ञानिक वन छानबिन अध्ययन टोली गठन भएको छ । आज बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले जनता समाजवादी पार्टीका सांसद सांसद प्रदिप यादवको संयोजकत्वमा तीन सदस्यीय वैज्ञानिक वन छानबिन अध्ययन टोली गठन गरेको हो ।

वाईडबडी तथा ट्रंक लाईन प्रकरणको छानबिन लेखा समितिको सदस्य समेत रही महत्वपूर्ण भूमिका निर्वाह गरिहसकेकोले सांसद यादवको संयोजकत्वमा अहिले वैज्ञानिक वन छानबिन अध्ययन टोली गठन भएको बुझिन्छ ।

राष्ट्रको हित र विकासको लागि संक्रिय भूमिका निर्वाह गर्दै भ्रष्टाचारको बिरुद्धमा विगतदेखी नै संसदमा कडा प्रस्तुत हुँदै आएका सांसद यादवलाई रुख काटेर वन फडानी भईरहेको कार्यको छानविन गर्न जिम्मेवारी दिईएको छ ।

लकडाउनको मौका छोपी तस्करहरुले काँचो साल र अन्य जातको रुख काटी वन फडानी गरिएको पाइएकोमा सांसद यादवको संयोजकत्वमा सांसदहरु प्रेम बहादुर आले र मिना सुब्बासहितको समिति गठन गरिएको छ ।

लकडानउनको मौका छोपी मौक छोपी वैज्ञानिक वन तथा व्यस्थापनको नाममा मेचीदेखी माहाकलीसम्म वातावरणमा प्रतिकुल असर पर्ने गरी काँचो काँचो रूखहरू काटेर धमाधम वनफडानी भईरहेको उजुरी परेकाले छानविन गर्न सो अध्ययन समिति गठन गरिएको समितिका संयोजक सांसद प्रदिप यादवले जानकारी दिए ।

हरियो तथा काँचो रुख कटानीले जैविक विविधतामा ठूलो असर पुग्ने खतरा आउन सक्ने तथा पानीको स्रोत सुख्खा र खडेरी भई तराईको उत्पादन घट्नेदेखी मानवको अस्तित्व समेत संकटमा पर्ने भएकोले यस काँचो काँचो रुख काटेर धमाधम वन फडानी भईरहेको कार्यलाई रोक्न आफू कम्मर कसेर लाग्ने सांसद यादवले बताए ।

error: Content is protected !!