कोभिड १९ बारे सूचना सामग्री समेटिएको पुस्तक हस्तान्तरण

वीरगञ्ज, ४ आषार । कोभिड १९ को संक्रमणबाट बचाउ गर्दै उद्योग प्रतिष्ठान र व्यवसायको संचालन तथा जोखिम न्यूनीकरण लगायतका सूचना सामग्री समेटिएको पुस्तक उद्योगी व्यवसायीहरुका लागि अत्यन्तै उपयोगी र मार्गदर्शकका रुपमा रहेको कुरा राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) का केन्द्रीय सदस्य अशोक बैधले बताउनुभयो ।

उहाँले उक्त कुरा आज राष्ट्रिय व्यावसायिक पहलले अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकार्यमा तयार पारेको “कोभिड१९ का लागि आधारभूत व्यावसायिक पूर्वतयारी एवम् सञ्चालन योजना” नामक पुस्तक वीरगञ्ज उद्योग वाणिज्य सङ्घको बैठक कक्षमा सङ्घका अध्यक्ष गोपाल केडियालाई एक समारोहका बीच हस्तान्तरण गर्ने क्रममा बताउनु भएको थियो ।

सो अवसरमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले एनआईबीद्वारा प्रकाशित पुस्तकले निर्दिष्ट गरेका विषयवस्तुहरुले कार्यस्थललाई सुरक्षित, स्वस्थ्य बनाउन उल्लेख गरिएका प्रावधानहरु उद्योगी, व्यवसायीहरुले अवलम्बन गर्नु पर्नेमा जोड दिँदै पुस्तक आना सदस्य प्रतिष्ठानहरुलाई वितरण गर्ने धारणा राख्नु भएको थियो ।

पुस्तक हस्तान्तरण समारोहमा सङ्घका उपाध्यक्ष अनिल अग्रवाल, महासचिव माधव राजपाल, कोषाध्यक्ष रविन्द्र बरनवाल, सचिव मनोज दास, सहकोषाध्यक्ष गोविन्द शाह लगायतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!