पिसिआर मेशिन किन्न नागरिक संग उठाइएको चन्दा रकम पार्दर्शि गर्न नेवि संघको मागं

वीरगञ्ज, ४ असार । नेपाल विधार्थी संघ ठाकुरराम इकाइ समितीले विभिन्न मागंहरु राखेर आज वीरगञ्ज महानगरपालीकालाई ज्ञापन पत्र बुझाएको छ ।

इकाई अध्यक्ष मनोज साहको नेतृत्वमा गएको नेवि संघको टोलीले वीरगञ्ज महानगरपालीकाका प्रमुख विजय कुमार सरावगीलाई भेटेर विभिन्न मागहरु समेटिएको ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा हालै वीरगंज महानगरापलिकाले सार्वजनिक रुपमै पिसिआर मेशिन खरिदका लागी नागरिक संग उठाएको चन्दा रकम पार्दशित गर्न मागं गरेको छ त्यसैगरी ठाकुर राम बहुमुखी क्याम्पस लगायत वीरगंजमा रहेका सम्पूर्ण विद्यालयहरुको क्वारेन्टाइनलाई मानवीय मापदण्ड अनुसार व्यवस्थित गर्न मागं गरेको छ ।

ठाकुर राम बहुमुखी क्याम्पस लगायत महानगरमा रहेको सम्पूर्ण विद्यालयहरु जो क्वारेन्टाइनको रुपमा प्रयोग भै सकेका छन् वा प्रयोगमा छन् त्यसको सम्पूर्ण विजुलीको भुक्तानी शौचालय सरसफाई तथा सेन्टिाइज गर्ने कार्य यथासिघ्र गर्न ज्ञापन पत्रमा भनिएको छ ।

वीरगंज महानगरपालिकामा रहेका घरहरुको लाग्ने घरभाडाको टि.डि.एस. नेपाल सरकारको मापदण्ड अनुसार माफ गर्न नेवि संघले मागं गरेको छ ।

त्यसैगरी वीरगंज महानगरपालिकाले लिने व्यवसायिक कर माफ तथा वीरगंज महानगरपालिकाको हरेक वार्डहरुको फोहोर व्यवस्थापन यथासिघ्र गर्न मागं गरिएको नेपाल विधार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पसका ईकाइ अध्यक्ष मनोज साहले बताउनु भयो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा मनाेज कुमार साह, धिरज गुप्ता, राहुल शर्मा, अंजन गुप्ता, भुपेन्द्र यादव र राजा गुप्ता रहेेका थिए ।

error: Content is protected !!