प्रहरीले बारा र पर्साको सिमा क्षेत्रबाट ठुलो संख्यामा छोकडा बरामद गर्यो

वीरगञ्ज, ३ असार । तस्करी गर्न लागीएको ठुलो संख्याको छोकडा बारा र पर्सा प्रहरीले आ—आफनो सिमा क्षेत्रबाट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले विश्रामपुर गाउँपालिका-४ बलिरामपुर स्थित बाट ३५ क्विन्टल छोकडा बरामद गरेको हो ।

नेपाल बाट भारत तर्फ तस्करी गर्न सिमा क्षेत्रमा भण्डारण गरि राखेको ४० वटा बोरामा रहेको अन्दाजी ३५ क्विन्टल छोकडा बरामद गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताउनु भयो ।

बलिरामपुर टोल स्थित दशगजा क्षेत्र नजिकै सुरेन्द्र साहको घर छेउमा भारततर्फ चोरी निकासीको लागी तस्करहरूले छोकडा थुपारी रहेको सुचना आएपछि यस कार्यालयबाट प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरिक्षक पंगेनीले जानकारी दिनु भयो ।

पक्राउ गरिएको छोकडा थप आवश्यक कार्यवाहीका लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बारा प्रहरीले जनाएको छ । यसैगरी भारत तर्फ तस्करी गर्न लागीएको छोकडा, मरिच, केराउ र ट्याकटर सहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टयाक्टर चालक वीरगञ्ज १६ इनर्वा बस्ने वर्ष ३६ को विरेन्द्र पटेल रहेका छन । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज १६ इनर्वा स्थित बाट ना ३ त ७०० नम्बरको ट्रयाक्टरमा लोड रहेको छोकडा, मरिच र केराउ नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको छोकडा र मरिच सहितको ट्रयाक्टरलाई थप आवश्यक कार्यवाहीको लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

error: Content is protected !!