वीरगन्ज,असार ३ । बन्दाबन्दी खुकुलो भएपछि विकास निर्माण कार्यहरुले तिब्रता लिएको छ ।
कोरोना रोग संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको बन्दाबन्दीको कारण वार्षिक विकास निर्माण कार्यहरु रोकिएका थिए ।
आर्थिक बर्षको अन्तिम महिना भएको कारणले पनि बन्दाबन्दीबाट प्रभावित भएका विकास निर्माणहरुलाई संघीय, प्रदेश तथा स्थानिय सरकारहरुलाई अहिले निर्माण कार्य सम्पन्न गर्न चटारो लागेको छ ।
विरगन्ज महानगरपालिकाको वडा नम्बर २४को बहुअरीमा निर्माण भइरहेकको सडक ढलान कार्यको बुधबार दिउसो शिलान्यास गर्नुभएको छ ।
प्रदेश सभासद कोषबाट ५०लाखको लागतमा निर्माण भइरहेको सडक ढलान कार्यलाई स्थानि श्रीराम सडक निर्माण उपभोक्ता समितिले गरिरहेको छ ।
शिलान्यास कार्याक्रममा बोल्दै प्रदेश सभासद रमेश पटेलले गाउ देखि सहरसम्मको सबै सडकहरुलाई पकि सडक बनाउने प्रदेश सरकारको मुख्य लक्ष्य रहेकोले आफुले विकास निर्माणलाई तिब्रता दिएको बताउनु भयो ।
भौतिक विकासलाई जोड दिदै प्रदेशको जनताको जनजिवनलाई सहज बनाउन सकिने उहाको भनाइ रहेको थियो ।
सडक ढलान कार्यक्रममा वडा नम्बर २४का वडा अध्यक्ष दशरथ पटेल,वडासदस्य रामकेश्वर कुशवाहा,उपभोक्ता समितिका शिवशंकर द्धिवेदी ,विरवल यादव,रामनाथ कुशवाहा,रामबाबु सर्राफ,सुग्रीम यादव,पवन पासवान,आसनेहा कुशवाहा लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
यसमा तपाईंको प्रतिक्रिया: