वडा अध्यक्ष पटेललाई ज्यान मार्ने धम्की

बारा । परवानिपुर गाँउपालिका वडा न. ४ का वडा अध्यक्ष गजेन्द्र प्रसाद पटेललाई सोही वडाका राजदेव पटेलले सार्वजनिक रुपमै ज्यान मार्ने धम्की दिएका छन्।

परबानिपुर गाँउपालिका वडा न. ४ को कार्यालय मा अाज छलफल चलीरहेको बेला एक्कासि राजदेव पटेल आएर वडा अध्यक्ष गजेन्द्र पटेललाई अभद्र गाली गर्दै कुटपिट गर्ने प्रयास गरेका थिए ।

स्थानिय व्यक्तिहरुले रोक्न खोज्दा राजदेवले वडा अध्यक्षको ज्यान मार्ने धम्की दिन थाले ।

वडा अध्यक्षले प्रहरी लाइ खबर गरेपछि राजदेव फरार भएका छन ।

राजदेव पटेल माथि जिल्ला प्रहरीमा ज्यान मार्ने मुद्दा पहिले देखीनै दर्ता भएपछि पटेल फरार रहेका थिए ।

वडा अध्यक्ष गजेन्द्र पटेलले घटना बारे स्थानिय प्रशासनका प्रमुखलाई तत्काल जानकारी गराउन्दै आज नै उजुरी दिने बताएका छन्।

error: Content is protected !!