वीरगञ्ज हेल्थकेयरमा मृत्यु भएको ५ वर्षीय बालकको पिसीआर रिपोर्ट पोजिटिभ

वीरगञ्ज,३१ जेठ । बिरगंज हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएका बारा, निजगढका ५ वर्षीय बालकमा आज कोरोना संक्रमणको पुष्टि भएको छ ।

आरडीटी रिपोर्ट पोजेटिभ आएको बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा हिजो साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।

निमोनियाको कारण सिकिस्त बनेका ५ बर्षिय बालकलाई हिजो बिहान ११ बजे उपचारका लागी बीरगंज स्थित हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।

बालकलाइ हिजो बिहान अस्पतालको भेन्टिलेटरमा राख्न भन्दाअगाडी ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा पोजेटिभ आएको थियो ।

आरडीटी रिपोर्ट पोजेटिभ आएपछि बालकको स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि नारायणी अस्पतालको ल्याबमा पठाइएकोमा आज बालकमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनु भयो ।

कोरोनाको संक्रमण पुष्टि भएका बालकको शवलाई नेपाली सेनाको टोलीले निजगढमा लगेर दाहसंस्कार गरिने जनाइएको छ ।

error: Content is protected !!