ग्रिन सिटीका अध्यक्षले च्यात्न लगाए महानगरको स्वीकृतीमा टाँसीएको सुचना ब्यानर

वीरगञ्ज । वीरगञ्जको आदर्शनगर स्थित बैंकहरु अगाडी रहेको फुल रोप्ने तार जालीमा टाँसीएको सार्वजनिक पार्कींग सुचनाको व्यानर ग्रिन सिटी सामुदायीक प्रहरी सेवा केन्द्रले च्याती दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सहयोगमा आदर्शनगर स्थित रहेका बैंकहरु अगाडी रहेको फुल रोप्ने जालीमा टाँसीएको सार्वजनिक सुचनाको ब्यानर ग्रिन सिटी सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले च्यात्न लगाएको बैंकहरुले आरोप लगाएका छन ।

बैंकहरु अगाडी मोटरसाईकल पार्कींगले भिडभाड बढन् थालेपछि भिडभाड हुन नदिन ट्राफीक प्रहरी तथा जिल्ला प्रहरी कार्यालय पर्सालाई समेत बोधार्थ राखी सार्वजनिक रुपमा सुचना टास्नलाई वीरगञ्ज महानगरपालीकाले समेत स्वीकृती दिएको अवस्थामा केही बैंकहरु अगाडी टाँसीएको सुचनाको ब्यानर सामुदायीकका अध्यक्ष खेतानले महानगरको आदेशलाई लत्याउदै सुचना च्यात्न लगाएको वीरगञ्ज बैंकर्स एसोसिएसन संघका अध्यक्ष रोशन भक्त श्रेष्ठले आरोप लगाए ।

वीरगञ्ज महानगरपालीका भित्र कुनै पनि किसीमको विज्ञापन लगाउन तथा सुचना टाँस गर्न महानगरको अनुमती लिनु पर्छ नकी कुनै सामुदायीकको अध्यक्ष श्रेष्ठले भने यहाँ त महानगरको स्वीकृती लिएर टाँसीएको सुचना ग्रिन सिटी सामुदायीकका अध्यक्ष खेतानले महानगरको आदेशलाई चुनौती दिदै च्यात्न लगाउनु कतिको उचित छ भनी प्रश्न गरे ।

आम जनता संग हातेमालो गरेर समाजमा हुने गलत कृया कलापलाई निर्मुल पार्न प्रहरी र स्थानीय मिलेर काम गर्न स्थापना गरिएको सामुदायीक प्रहरी सेवा केन्द्रलाई ग्रिन सिटीका अध्यक्ष प्रकाश खेतानले प्रहरीको आडमा आफनो दायीत्वमै नपर्ने कामहरुमा समेत हस्तक्षेप गरी आफु खुशी प्रयोग गरेर सामुदायीक सेवा केन्द्रलाई घरको संस्था जस्तै एकलौटी ढंगले मनोपोली कार्य गर्दै आएका छन ।

यस अघि पनि उनले आदर्शनगर स्थित कैलाश चौकमा सडक डिभाईडर राख्न उक्त एरीयामा रहेका पसलेहरु संग लाखौ रुपैया उठाएर कमसल डिभाईडर खरिद गरेर लगाएको केही महिनामै डिभाईडरहरु टुटफुट हुन थालेपछि व्यापारीहरुले उनको यस कार्यको विरोध गरेका थिए ।

error: Content is protected !!