वीरगन्ज ३० जेठ । संघीय सरकारले लकडाउन खुकुलो गर्ने निर्णय गरेसँगै वीरगन्ज बजारमा चहलपहल बढेको छ । वीरगन्ज बजार खुला भएसँगै मानिसहरु किनमेलका लागिसमेत निस्कन थालेका छन् ।
शुक्रबार बिहानैदेखि वीरगन्जमा पसलहरु खुलेका छन् । लकडाउनका कारण सुनसान बनेको वीरगन्ज बजार क्षेत्रमा मानिसहरुको चाप बढेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । ८० दिनपछि लकडाउन खुकुलो भएसँगै वीरगन्जका पसलहरु खुलेका हुन् ।
सरकारले कोरोनाबाट जोगिन आवश्यक स्वास्थ्य सावधानी अपनाएर उद्योग, कलकारखाना, पसल, डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेको छ ।
तर तत्कालै सपिङ मल भने खुल्ने छैनन् । यसअघि खाद्यान्न लगायतका अत्यावश्यक सेवाका पसलहरु तोकिएको समयमा खोल्न दिइए पनि अन्य पसलहरु भने बन्द थिए ।
यसमा तपाईंको प्रतिक्रिया: