सरकार विरुद्ध वीरगञ्जमा युवाहरुको प्रदर्शन

वीरगञ्ज । कोरोना महामारीका बीच पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै वीरगञ्जमा सरकारविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् ।

सरकारले लकडाउनका बिच कर बुझाउन भनेको, स्वास्थ्य सामाग्री खरिदमा कोरोना महामारीबीच भ्रष्टाचार तथा कमिशन उठाउन व्यस्त रहेको, नेताहरु अहिले पनि विलासी जीवनमै मस्तव्यस्त रहेको लगायत आरोप लगाउँदै युवाहरुले वीरगञ्जमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।

युवाहरुले सामाजिक दुरी कायम गर्दै प्ले कार्डमा नारा लेखेर सरकार विरुद्ध प्रदर्शन गरेका छन् । वीरगञ्जको आदर्शनगर चोकमा जम्मा भएका यूवाहरु तीन वटै तहका सरकार बिरुद्ध प्रदर्शन गरेका छन् ।

युवाहरुले कार्पेट हैन सोच बदलौँ, पैसा छैन गोजीमा सरकार करको खोजीमा लगायतका नाराहरु लेखिएको प्ले कार्ड युवाहरुले बोकेका थिए ।

सरकारले लकडाउन लगाएको ८० दिन पछि पनि क्वारेण्टाइन तथा आइसोलेसन व्यवस्थापन, गरिब मजदुर वर्गका लागि राहतको व्यवस्थापन लगायतमा सरकार असफल साबित भई रहेपनि भ्रष्टाचारमै सरकार लिप्त रहेकोले आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको युवाहरुले बताए।

error: Content is protected !!