संघिय सरकार विरुद्ध जसपा युवा संघको प्रदर्शन

वीरगञ्ज । जनता समाजवादी युवा संघले विभिन्न माग राख्दै संघिय सरकार विरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।

अनिस्चित लकडाउनले आम नागरिक तथा गरि खाने वर्ग सबैभन्दा बढी मारमा परेको भन्दै सरकारले तत्काल विकल्प खोज्न मागं गर्दै वीरगञ्जको मुटु घण्टाघरमा संघिय सरकार विरुद्ध प्लेकार्ड सहित जनता समाजवादी युवा संघले विरोध प्रदर्शन गरेको हो ।

जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं युवा सह-इन्चार्ज फिरोज मन्सुरको नेतृत्वमा भएको विरोध प्रदर्शनमा कोरोना भाईरस महामारी बाट बच्न् सावधानी अपनाउदै समाजिक दुरीमा रहेर संघिय सरकारलाई ध्यान केन्द्रित गराउन विरोध प्रदर्शन गरिएको युवा सह ईन्चार्ज मन्सुरले बताए ।

केन्द्रीय सदस्य मन्सुरले भने, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन आज ७९ औं दिन पुग्दा समेत देशका सम्पूर्ण जनताले आफ्नो व्यापार, कृषि कर्म, मजदुरी लगायत सबै काम ठप्प गरी लकडाउनको पालना गर्दै घरमा बसी सरकारलाई सघाउन बाध्य रहेको कुरा सम्पूर्णमा अवगत हुँदा हुदै पनि सरकारले जनतासंग असुली गर्ने कर, किसानको व्याज, व्यापारीहरुको व्याज लगायतका कुरामा जारी गरेको उर्दीेलाई जनतामारा सरकारको संज्ञा दिए ।

सरकारबिरुद्ध प्रदर्शनमा उत्रेका जनता समाजवादी युवासंघले लकडाउन अवधीको कर, बैंक ब्याज, बिजुली बिल, स्कुल कलेज शुल्क र घर भाडा लगायतमा पूर्ण रुपले माफी दिन मांग गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको बजेट वाँडफाँडमा प्रदेश २ संग विभेद गरेको भन्दै उनको राजिनामाको मांग गर्दै प्रदेश २ लाई विशेष आर्थिक प्याकेज घोषणा गर, मलखाद तथा बिउबिजन सुल्भ तरिकाले पर्याप्त मात्रामा व्यवस्था गर, PCR / RDT  प्रयाप्त मात्रामा उपलब्ध गराउँ, सांसद रेशम चौधरीलाई अबिलम्ब रिहा गर, गरिब, मजदुर किसान तथा असहायलाई अबिलम्ब राहतको व्यवस्था गर र बिदेशमा फसेका नेपालीलाई अबिलम्ब स्वदेश ल्याउने व्यवस्था गर लगायतको मांग रहकाे छन ।

बिरोध कार्यक्रममा समाजबादी युवा संघका केन्द्रिय सदस्य अजय यादव, प्रदेश सचिव कसीम अन्सारी, प्रदेस सदस्य शिव कुमार साह, अजय प्रसाद साह, ऋषि साह र युवा नेता अमोद यादव, रामबाबु यादव, दिलिप रौनियार लगायतको युवाहरुको सहभागीता रहेको थियो ।

error: Content is protected !!