एम्बुलेन्स प्रयोग गरि लागुऔषधको तस्करी, ५६ किलो गाँजा सहित तिनजना पक्राउ

श्याम कुशवाहा/ वीरगञ्ज । एम्बुलेन्सबाट लागुऔषध गाँजाको तस्करी गरिरहेको अवस्थामा ५६ किलो लागुऔषध गाँजा सहित तिनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्सा प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध गाँजा सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालीका वडा नम्बर ५ भौराटार बस्ने वर्ष ३२ को हरिशंकर महतो, जिल्ला सर्लाही लालबन्दी नगरपालीका वडा नम्बर १५ बस्ने वर्ष २३ को जित बहादुर वाइवा र वर्ष २२ को दिल बहादुर वाईवा रहेका छन ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालीकाको भौराटार स्थित बाट ना ४ च ८५९९ नम्बरको अल्पाईन मेडिकल कलेज टिचिगं हस्पिटल सिमरा बाराको एम्बुलेन्सले बोकेको ५६ किलो लागुऔषध गाँजा सहित तिनैजनालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक गौतम थापाले जानकारी दिनु भयो ।

यसैगरी पेट्रोलियम पदार्थ बोक्ने तेल टयांकरमा विभिन्न ब्रान्डका रक्सीहरु भारततर्फ लगिरहेको अवस्थामा तेल टयांकर सहित दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टयांकर चालक जिल्ला मकवानपुर हेटौडा उप महानगरपालीका वडा नम्बर १६ बस्ने वर्ष ४७ को सन्दीप थिंग र सह चालक वडा नम्बर २१ बस्ने वर्ष २२ को राधे बुढाथोकी रहेका छन ।

वीरगञ्ज हुदै रक्सौल तर्फ गइरहेको ना २ ख ७३७५ नम्बरको तेल टयांकरलाई रजतज्यन्ती चौकमा चकेजाचका क्रममा लुकाई छिपाई राखीएको विभिन्न ब्रान्डका रक्सीहरु बरामद गरिएको प्रहरी नायव उपरिक्षक गौतम थापाले बताउनु भयो ।

बरामद भएको रक्सीहरुमा गोल्डेन ओक क्वाटर ४८ पीस, नेपाल आईस वियर क्यान २४ पीस, सिग्नेचर क्वाटर ३३ पीस र ८८४८ भोडका क्वाटर २८ पीस बरामद भएको पत्रकार सम्मेलनमा जनाइएको थियो ।

error: Content is protected !!