वीरगञ्जमा चाडैं अर्को पिसीआर मेशिन र ८ हजार भिटिएम आउदै, खर्च प्रदेश सरकारले दिने : अर्थ राज्य मन्त्री यादव

वीरगञ्ज । कोरोना रोकथाम तथा नियन्त्रणका लागी प्रदेश २ सरकारले नारायणी अस्पताललाई कोभिड १९ चेकजाचमा अभाव हुन नदिन १८ सय ५० वटा आरडिटी किट सहयोग गरेको छ ।

आरडिटी किट सहित नारायणी अस्पताल पुगेर प्रदेश २ सरकारका अर्थ राज्य मन्त्री उषा देवी यादव तथा संघिय सांसद प्रदिप यादवले संयुक्त रुपमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट विरेन्द्र बहादुर प्रधानलाई आरडिटी किट हस्तान्तरण गर्नु भयो ।

नारायणी अस्पतालमा किट अभावले कोरोना भाइरस चेकजाच बन्द भएको खबर पश्चात प्रदेश २ सरकारले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बाट बचाउ तथा रोकथामका लागी चेकजाचमा कुनै कमी हुन नदिन १८ सय ५० वटा आरडिटी किट सहयोय गरिएको प्रदेश २ सरकारका अर्थ राज्य मन्त्री उषा देवी यादवले बताउनु भयो ।

प्रदेश २ का अर्थ राज्यमन्त्री उषा देवी यादव तथा संघिय सांसद प्रदिप यादवले १ वटा पिसीआर मेशिन तथा करिब ८ हजार पीस भिटिएम दिने प्रतिबद्धता जनाएका छन ।

यसैबिच सोमबार बीरगन्जमा यहाँका उद्योगी ब्यपारीसङ्ग छलफलपछि उहाँहरुले यस्तो प्रतिबद्धता जनाए । यसअघि वीरगञ्जमा पिसीआर मेशिनको आवश्यक्ता महशुस गरिएको हुनाले यस भन्दा पहिला पनि वीरगञ्ज महानगरपालीकाले पनि पिसीआर मेशिन चाहिन्छ भन्ने जनाए अनुसार प्रदेश सरकारले अर्को पिसिआर र पर्याप्त भिटिएम पठाउन लागेको हो ।

साथै यस्को खरिद प्रक्रिया तिन दिन भित्र पुरा गर्ने जनाइएको छ । महानगरमा आएको रकम अन्य कार्यमा सदुपयोग गर्ने पाइने भनेर सहभागीहरुले खुशियाली जनाएका थिए ।

हस्तान्तरण कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, विधार्थी नेता निखिल वर्णवाल,प्रकाश शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

error: Content is protected !!