नेपालीलाई दास बनाउने एमसीसी सम्झौता खारेज गर्न हिन्दू परिषदको माग

बीरगञ्ज। राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै हिन्दू परिषद नेपालले वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।

हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलको अगुवाईमा वीरगञ्जको मुटु घण्टाघरमा एमसीसी विरुद्ध एक घण्टा विरोधमा प्रदर्शन गरिएको हो । कोरोना भाईरस रोकथामको लागी लगाईएको

लकडाउनको कारण समाजीक दुरी अपनाएर गरिएको विरोध प्रदर्शनमा एमसीसी चाहिदैन,लागू गर्न पाईदैन, देश बेचन पाईदैन,राष्ट्र बिरोधी समझौता खारिज गर,देशद्रोही नेताहरु मुर्दाबाद,नो एमसीसी नाराको साथ भएको बिरोध प्रदर्शन अब देश भरी हुने हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बताए।

नेपाल र नेपाली जनताको स्वभिमानको लागी परिषद प्रतिबद्ध रहेको र एमसीसी पुर्ण रुपमा नेपालीलाई दास बनाउने रणनीति अनुसार सम्झौता गर्न लागिएको भन्दै यस्को कडा रुपमा विरोध गरिने पटेलले बताए।

केहि नेताहरुले पैसाको लागि राष्ट्रघाती समझौता गरेकोले हामी बाध्य भएर विरोध गरेको पटेलले बताउनुभयो।

विरोध कार्यक्रममा परिषद केन्द्रिय महासचिव अनिरुद्ध सिंहले भने नेपाली जनताको मनोबल कमजोर गर्ने उद्देश्यले एमसीसी समझौता भएको र सनातन धर्म लाई समाप्त गरी नेपाल लाई क्रिश्चियन राष्ट्र बनाउन को लागि पैसाको बलमा ल्याएको समझौता हो एमसीसी ।

परिषदका केन्द्रिय सदस्य श्रीराम उपाध्यायले भने नेपाली जनताको रक्षा र स्वभिमानका लागि रगत बगाउन समेत हामी त्यार छौ।

विरोध प्रदर्शनमा परिषद केन्द्रिय महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्य श्रीराम उपाध्याय, सुरेश साह कानू, लालबाबु प्रसाद कुर्मी, सचितानंद दुबे,भरत सरार्फ,आजीव सदस्य मदन प्रसाद कुर्मी, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,सचिव अंशू कुमार, जिल्ला सदस्य अमोद कुमार, लेक्चन सोनार,सल्लहकार राजेश्वर प्रसाद सोनार,जोगिन्द्र प्रसाद कलवार,बीरगंज नगर अध्यक्ष प्रमोद सिंह,उपाध्यक्ष मनीश वर्णवाल, सहसचिव रंजीत चौरसिया, हिन्दूवादी युवा अभियन्ता अजय गुप्ता, सुनील गुप्ता, केदार अग्रवाल सहितको सहभागिता रहेको थियो।

error: Content is protected !!