भेडहा नदी नियन्त्रणको लागी विशेष बजेट छुट्याउन सांसद यादवको मांग

वीरगञ्ज । पर्साको बेलवा, लालपर्सास्थित भेडहा नदी नियन्त्रणको लागी विशेष बजेट छुट्याउन संघिय सांसद प्रदिप यादवले मांग गरेका छन।

मन्त्रलायको विनियोजन विध्येकको बारेमा आईतबार संसदमा भएको छलफलमा बोल्दै सांसद यादवले पर्साको भेडहा नदीको बाढिले प्रत्येक वर्ष वीरगंज महानगरपालिका अन्तर्गत पर्ने बेलवा, इसलामपुर, लालपर्सा, परसोतीपुर लगायतका गाउँसहित खेती योग्य जमिन नष्ट हुँदै जनधनको ठुलो क्षति हुने गरे पनि सरकारले नदी नियन्त्रणको लागि बजेट नपठाएको आक्रोस पोखे ।

गत वर्ष राष्ट्रिय सभाका अध्यक्षसहित विकास सभाका सभपति पनि बेलवा गाउँमा स्वयम आफै पुगी निरिक्षण गरेर नदी नियन्त्रण गर्न आवश्यक बजेटको लागि ऊर्जा तथा सिचाई मन्त्रीलाई प्रतिवेदन दिए पनि मन्त्रीले त्यो प्रतिवेदन नै कता राखेर बजेट नदिएको भन्दै मन्त्री पुनलाई सांसद यादवले गम्भिर ध्यानाकर्षण गराएका हुन ।

ऊर्जा, सिचाई तथा जल स्रोत मन्त्रीले आफ्नो अधिकांश बजेट नेपाल कम्युुनिष्ट पार्टीबाट निर्वाचित जनप्रतिनीधीहरुको क्षेत्रमा मात्रै पठाउने गरेको समाजवादी पार्टीका प्रभावशाली युवा नेता समेत रहेका सांसद प्रदीप यादवको आरोप छ ।

मन्त्रलायको बार्षिक कार्यक्रम अन्गर्गत तत्कालिन माओवादी र नेकपाका निर्वाचित जनप्रतिनीहरु भएको पालिकामा मात्रै कार्याकर्तालाई पाल्ने गरि बढि बजेट पठाएको उनले आरोप लगाए ।

पर्सा जिल्लामा नेकपाबाट निर्वाचित दुई गाउँपालिकामा मात्रै डिप टयुबेल तथा पम्प सेट कार्यक्रम पठाएकोप्रति आपती जनाएउँदै उनले भने, ‘‘१४ वटा पालिका रहेको पर्सामा जम्मा दुई पालिकामा पठाए पनि जहाँ डिप टयुबुलको आवश्यकता छ त्यहाँ स्यालो टयुबेल पठाउनु भएको र जाहाँ स्यालोको आवश्यकता छ त्यहाँ डिप टयुबेल पठाएका छन् ।’’

पर्सामा अधिकांश खेती योग्य गाउँहरु वीरगंज महानगरपालिकामा गासिएको भएपनि त्यहाँ एउटा पनि स्यालो टयुबेल र डिप टयुबेलको योजना नल्याएकोप्रति सांसद यादवले आपती जनाएका छन् ।

error: Content is protected !!