लकडाउन अवधिको कर मिनाहा गर्न काग्रेंसको माग

वीरगञ्ज । नेपाली कांग्रेस पर्साले लकडाउन अवधिभरको कर मिनाहा गर्न माग गर्दै वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ।

नेपाली काँग्रेस पर्साका नेता तथा कार्यकर्ताहरूले लकडाउनका कारण समस्यामा परेका आम नागरिकको लकडाउन अवधिभरको करहरू बैंकको ब्याज तथा विजुलीको बील मिनाहा गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेका हुन।

लकडाउनले जनता भोकभोकै बस्नु पर्ने अवस्था आएकोमा सरकार कर असुल्न मात्रै उद्दत रहेको आरोप लगाउँदै नेपाली काँग्रेस पर्साका साभपति अजय कुमार द्विवेदीले कर मिनाहा गर्नुपर्ने बताए।

लकडाउनले सम्पूर्ण व्यापार व्यवसाय बन्द रहेको बेला जबरजस्ती कर बुझाउन दवाव दिनु सरकारको गैरजिम्मेवार भएको कांग्रेसको आरोप छ।

जनताले भोकभोकै कष्टकर जीवन बिताइरहेको बेला कर तिर्न उर्दी गर्नु जनतालाई थप समस्यामा पार्नु हो सभापति द्विवेदीले आरोप लगाए।

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले समाजिक दूरी कायम गर्दै प्रदर्शन गरेका थिए।

error: Content is protected !!