बिशाल फाउण्डेशन द्वारा महानगरलाई आर्थिक सहयोग

वीरगञ्ज । पिसिआर मेशिन र किट खरीदका लागि वीरगंज महानगरपालिकालाई बिशाल फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।

बिशाल फाउण्डेशनका अध्यक्ष अनिल कुमार कलवारले शुक्रबार एक कार्यक्रमबीच वीरगंज महानगर प्रमुख विजयकुमार सरावगीलाई २५ हजार एकाउन्न रूपैयाको चेक हस्तान्तरण गर्नु भयो।

कोरोना भाइरसको नियन्त्रण र रोकथामकालागि परिक्षणलाई तिब्र बनाउने संक्रमीत लाई अलग्याउने काम गर्न सकियो भने मात्र बीरगंजलाई ग्रिन जोन बनाउन सकिने भन्दै बिशाल फाउण्डेशनले महानगरलाई सहयोग गरेको अध्यक्ष कलवारले जानकारी दिनु भयो ।

error: Content is protected !!