लकडाउनमा निम्बस समुहद्वारा पत्रकारलाई राहत सहयोग

वीरगञ्ज । औधोगिक समुह निम्बसले कोरोना महामारीको अवस्थामा पर्साका पत्रकारहरु लाई राहत स्वरुप आफनो उत्पादन उपलब्ध गराएको छ ।

आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा निम्बस ग्रुपका मैनेजर प्रकाश बैठाले पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष अनुप तिवारीलाई राहत सामाग्री हस्तनान्तरण गरेका थिए ।

निम्बस ग्रुपको ब्यन्जन ब्राण्डले उत्पादन गरेको दाल, तेल, स्वायबिन ,मास्क लगायतका समाग्री भएको ४० वटा प्याकेट झोला पत्रकार महासंघलाई हस्तनान्तरण गरिएको थियो ।

महासंघले आजै सो सामानहरु पत्रकारहरुलाई प्रदान गरेको कार्यवाहक अध्यक्ष तिवारीले बताउनु भयो ।

error: Content is protected !!