उधोगको काममा अवरोध गर्दै वडाध्यक्ष चौधरी, गुण्डागर्दी गरेको उधोगीको आरोप

बारा। लकडाउनको बेला सिमित साधन श्रोतबाट उघोग संचालन गरि रहेका उघोगी सित स्थानीय जनप्रतिनिधि हरुले नै रङ्गदारी उठाउने गरेको आरोप लागेको छ ।

रङ्गदारी नदिदा उघोगका कर्मचारी हरुमाथी कुटपिट ज्यान मार्ने प्रयास र उघोगमा आउने कच्चापदार्थ ल्याउन अवरोध गर्ने गरेका छन ।

बारा जितपुर सिमरा वडा न ५ स्थित बकुलियामा रहेको एडभान्स सिमेन्टमा शनिवार राति कच्चापदार्थ लिएर आइरहेको ट्रक रोकी वडा न ५ का वडा अध्यक्ष मोहीत चौधरीले २०/२५ जना लिएर कर्मचारी ,ट्रक का चालक सहचालक लाई नियन्त्रणमा लिएर कुटपिट गरेको र कर्मचारी सित रहेको करीब अढाई लाख रुपैया समेत लुटी लगेको कम्पनी का प्रशासकीय अधिकृत देबीलाल थापाले आरोप लगाउनु भयो ।

थापा अगाडि भन्नुहुन्छ ” वडा अध्यक्ष मोहीत चौधरी पटक पटक विभिन्न बहानामा अनावश्यक पैसा माग्ने गरेको नदिदा गुण्डाहरु लगाएर अवरोध र दुख दिने गरेको तर यस पटक त आफै गुण्डागर्दी मा उत्रिएर ज्यान लिने गरि नै म सहित हाम्रो ओभरसियर र ड्राइभर माथी आक्रमण गर्नु भयो ”

शनिबार राति ज्यान मार्ने प्रयास र लुटपाट भए पछि जाहेरी लिएर आज इलाका प्रहरी कार्यालय सिमरा पुगेका थियौ तर प्रहरीले जाहेरी दर्ता नगरेको प्रशासकीय अधिकृत देबीलाल थापा बताउनु भयो।

error: Content is protected !!