प्रदेश प्रहरीको सक्रियता हथियार र गोली सहित एकजना पक्राउ

वीरगञ्ज । धनुषा जनकपुर नगरपालिका वडा नम्बर १७ तेतेरीया स्थित बाट प्रहरीले हथियार र गोली सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी लोहारपटी नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष २० को डिके भनिने एजिजुल राईन रहेका छन ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुर धनुषा बाट खटिएको सादा पोषाकको प्रहरी टोलीले राईनको साथ बाट पेस्तोल एक थान, म्यागजिन ३ थान र पेस्तोलमा प्रयोग हुने गोली पाचँ राउन्ड बरामद गरिएको डिआईजी धिरज प्रताप सिंहले बताउनु भयो ।

लकडाउनको समयमा पैदल हिडिरहेका राईनको गतिविधि शंकास्पद देखिएपछी शरीर चेकजाच गर्दा लुकाई छिपाई राखिएको अवस्थामा उक्त हथियार बरामद भएपछी नियन्त्रणमा लिइएको डिआईजी सिंहले जानकारी दिनु भयो ।

हथियार सहित पक्राउ परेका राईन माथी थप आवश्यक अनुसंधान भईरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुर धनुषाले जनाएको छ ।

error: Content is protected !!