तलब नपाएपछी करारका कर्मचारीले गरे बिन्दवासिनी गाउपालिकामा तालाबन्दी

वीरगञ्ज – ९ महिना देखी तलब नपाएको भन्दै करारमा कार्यरत कर्मचारीहरूले पर्साको बिन्दवासिनी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन।

करारमा कार्यरत कार्मचारीहरूले ९ महिना देखि तलब नपाएको भन्दै तालाबन्दी गर्न बाध्य भएको रमेन्द्र नाथ तिवारीले दुखेसो पोखे ।

सामाजिक परिचालक र कार्यालय सहायकहरूले गाउँसभाबाट आफूहरूको म्याद थप भएको भए पनि ९ महीना देखी तलब भत्ता नपाएको गुनासो गरे ।

कोरोना कहरका बीच श्रमिकले पारिश्रमिक नपाउनु दुखद् भएको तिवारीले बताए ।

गाउँपालिकासँग पटक-पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएपछि आज तालाबन्दी गर्नु परेको गाउँपालिकामा करारमा कार्यरत कार्मचारी तिवारीले बताए।

उनले २०७६ श्रावणदेखि हालसम्म सार्वजनिक विदाका दिन बाहेक काम गर्दै आइरहेको भए पनि तलब नपाएको गुनासो गरे।

गाउँपालिका अध्यक्षले भोली पर्सी भन्दै टार्दै आएको उनको गुनासो छ।

error: Content is protected !!