ग्रामीण क्षेत्रको क्वारेन्टाइनमा सांसद कलवारले बाडे स्वास्थ्य तथा खाधान्न सामग्री

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर ४ (ख) का प्रदेश सभा सदस्य सिंगासन साह कलवारले आफनो क्षेत्रमा रहेको पाचँवटा क्वारेन्टाइनमा स्वास्थ्य तथा खाधान्न समाग्री बाडेका छन ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका सांसद कलवारले कोरोना भाईरस महामारी बाट बचाउ तथा रोकथामको लागी सावधानी अपनाउन पाचँवटा क्वारेन्टाइनमा रहेका १ सय ४६ जनालाई स्वास्थ्य तथा खाधान्न समाग्री वितरण गरेका थिए ।

कोरोना विरूद्धको लडाईमा आ-आफ्नो ठाउबाट सबैले सहयोग गरिरहेको बेला प्रदेश सांसद कलवारले पनी आफनो निजी खर्च बाटै पर्साको धोबिनी गाउँपालिकामा रहेको श्री काली प्रसाद लाखे माध्यमिक बिधालयमा रहेको क्वारेन्टाइनमा रहेका २४ जना, छिपहरमाई गाउँपालिका श्री मंगल माध्यमिक बिधालय भिस्वा, नेरा प्राबी तुल्सिवर्वा,नेरा प्राबि बुढगाईको क्वारेन्टाइनमा रहेका १०४ जना र कालिकामाई गाउँपालिकाको हरिहरपुरमा रहेको क्वारेन्टाइनका १८ जना गरि १ सय ४६ जनालाई मास्क, सेनिटाईजर, साबुन र खाने स्याउ, बिस्कुट बितरण गरेका थिए।

क्वारेन्टाइनमा चेकजाँचको लागि स्वास्थ्यकर्मी हरुको लागि पिपिइ सेट, थर्मल गन र सेनिटाईजर समेत बितरण गरिएको प्रदेश सांसद कलवारका स्वकीय सचिव दिपेन्द्र साहले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेका व्यक्ति हरूलाई भेटेर प्रदेश सांसद कलवारले बिश्वब्यापी महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस बाट बच्नको लागी सुरक्षाको साथै सतर्कता अपनाउन जरुरी रहेको सुझाव दिनु भयो ।

साथै गाउँपालिकाका स्वास्थ्य संयोजकहरु लाई स्वास्थ्य सम्बन्धी समाग्री क्वारेन्टाइनको लागी बितरण गर्नु भएको थियोे ।

पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिव तबरेज आलम, नेपाल निर्माण ब्यवसायी संघ पर्साका बरिष्ठ उपाध्यक्ष दिभाकर पटेल, प्रेस नेपाल पर्साका अध्यक्ष आरके पटेल, शिवशंकर चौरसिया, सचिन सिंह, लगायतको सहभागिता रहेको थियोे ।

error: Content is protected !!