कोरोना अपडेट : संक्रमितको संख्या १२ सय १२ पुग्यो, पर्सामा ५ थपिए

वीरगञ्ज । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

आज मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार २१२ पुगेको जनाए ।

संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।

संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएका छन् ।

पीसीआर विधिबाट भने हालसम्म ६४ हजार १ सय ४४ परीक्षणहरु गरिएका छन् ।

शुक्रबारको अपडेटमा क्वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी १ हजार जना रहेका छन् ।

error: Content is protected !!