पर्सामा थपिए ४ संक्रमित, ९ दिन अगाडि भारतबाट आएका थिए

वीरगन्ज — पर्सामा बिहीबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित चारजना मध्ये तीनजना भारतको हरियाणा र एकजना दिल्लीबाट फर्किएका हुन् । परीक्षणका लागि मंगलबार उनीहरुको स्वाब थ्रोट संकलन गरिएको थियो ।

नारायणी अस्थाई कोभिड अस्पताल गण्डकका डा.उदयनारायण सिंहका अनुसार बिहीबार संक्रमण पुष्टि भएका पोखरियाका चारजनालाई अस्थाई कोभिड अस्पतालमा ल्याइएको छ । यो सँगै पर्सामा कोरोना संक्रमितको संख्या ९८ पुगेको छ ।

डा. सिंहका अनुसार भारतबाट आएका चारजना मध्ये ३ जना पोखरिया नगरपालिकाको वडा ९ र एकजना वडा ६ का बासिन्दा हुन् । भारतबाट फर्किएपछि उनीहरुलाई श्री जिल्ला उच्चागंल रामदेव कलवार विद्यालयमा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो ।

दिल्लीबाट फर्किएका संक्रमितको श्रीमती र छोरीमा भने कोभिड संक्रमण देखिएको छैन । उक्त क्वारेन्टाइनमा ३१ जना राखिएका छन् । मंगलबार १३ जनाको थ्रोट स्वाब संकलन गरि परीक्षण गरिएकोमा ४ जना पुरुषमा कोरोना पोजेटिभ आएको हो ।

error: Content is protected !!