सानो पाईला बचत सहकारी तथा भगवती स्टीलद्वारा महानगरलाई आर्थिक सहयोग प्रदान

वीरगञ्ज – कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न वीरगञ्ज महानगरलाई दुई संस्थाले आर्थिक सहयोग प्रदान गरेका छन।

वीरगञ्जमा रहेको सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा भगवती स्टील ईन्डस्ट्रीज प्रालीले महानगरको कोरोना कोषमा १ लाख ५१ हजार सहयोग गरेका हुन ।

सानो पाईला बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट प्रबन्धक तस्विरन खातुनले ५१ हजार रूपैयाको चेक तथा भगवती स्टीलका प्रतिनिधिले महानगर प्रमुख विजय कुमार सरावगीलाई १ लाख रूपैयाको चेक हस्तान्तरण गरेका थिए ।

कोरोना मुक्त गर्न सहयोग पुग्ने अभिप्रायले वीरगंज महानगरपालिका लाई पीसीआर र भिटिएम किट किन्नको लागि आर्थिक सहयोग गरिएको संस्था हरूले जनाएका छन ।

error: Content is protected !!