कोरोना अपडेट – थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

वीरगञ्ज – नेपालमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ८ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालमा गरिएको परीक्षणमा आज मात्रै एक सय १४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।

error: Content is protected !!