उपचारको लागी ‘तराई अस्पताल’ पुग्ने सर्वसाधारण कोरोनाको उच्च जोखीममा

वीरगञ्ज, १४ जेष्ठ । तराई हस्पीटल एण्ड रिसर्च सेन्टर वीरगंजले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा कुनै सावधानी नअपनाएर उपचारको लागी आउने सर्वसाधारण तथा स्वास्थ्यकर्मीहरुको जिवन संग गम्भीर लापरवाही गरिरहेको भेटिएकोे छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सुझाएको नियमलाई तराई अस्पतालले एक प्रतिशत पनि पालन गरेको देखिदैन । उपचारको लागी अस्पताल आउने चिकित्सक अन्य स्वास्थ्यकर्मी तथा सर्वसाधारणका लागी प्रवेशद्धार मै स्क्रीनिंग तथा सेनिटाईजिंग बुथ राख्नु पर्ने हो तर तराई हस्पीटलमा प्रवेश गर्ने सर्वसाधारणको लागी चेकजाच गर्न एउटा ज्वरो नाप्ने थर्मल गन समेत राखेको छैन ।

समान्य तथा विभिन्न रोगको उपचारका लागी दैनिक सयौको संख्यामा आम सर्वसाधारण अस्पताल आउने गरेका छन तर अस्पतालमा कोरोना रोकथामका लागी समान्य सावधानी समेत अपनाएको छैन । अस्पतालको इमरजेन्सी र ओपिडी वार्डमा बिना समाजीक दुरी अपनाएर सर्वसाधारणको भिडभाड हुने गरेपनि अस्पताल प्रसाशन सावधानी अपनाउनुको साटो कानमा तेल हालेर बेसेको छ ।

आईसियुको तेस्रो तल्लामा भेटिएका एकजना कुरुवाले अस्पतालले मलाई तपाईले भने जस्तै ज्वरो नाप्ने तथा सेनिटाईजिंग गर्ने अथवा स्क्रीनिंग गर्ने त्यस्तो कुनै पनि चेकजाच नगरी प्रवेश गर्न दिएको बताए ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस महामारीलाई नेपालमा नियन्त्रण तथा रोकथामका लागी सरकारले विभिन्न उपाय अपनाएर रोकथाम गर्न लागी रहेको बेला विभिन्न समस्या लिएर अस्पातल आउने सर्वसाधारण अस्पतालको चरम लापरवाहीको कारण कोरोना भाइरस जस्तो महामारीको शिकार हुने अवस्थालाई नकार्न सकिन्न ।

एका तर्फ अस्पतालले इमरजेन्सी तथा ओपीडि सेवाका लागी आउने सर्वसाधारणलाई कोरोना रोकथामका लागी कुनै सावधानी अपनाएको छैन तर चेकजाच उपचार निर्वाध गरिरहेको छ भने अर्को तर्फ कोरोना रिपोर्ट नल्याएको भन्दै गएको एकसाताको अन्तरालमा तराई अस्पतालका नियमीत विरामी एक वृद्ध तथा एक नवजात शिशुलाई अस्पतालले भर्ना नलिएपछि अन्य अस्पताल धाउदा धाउदै मृत्युवरण हुन पुगेका छन ।

अपतालमा आउने सर्वसाधारण बिना कुनै रोकटोक इमरजेन्सी, ओपीडी तथा आईसियु जस्तो सम्बेदनसिल कक्षमा समेत प्रवेश गर्ने गरेका छन । विभिन्न ठाउहरुबाट विरामी बोकेर अस्पताल आउने एम्बुलेन्सबाट पनि विरामीलाई समान्य ज्वरो समेत चेकजाच नगरी सिधै इमरजेन्सी वार्डमा प्रवेश गराईन्छ ।

ईमरजेन्सी वार्डमा समेत समाजीक दुरी अपनाएर बेडहरु राखिएको छैन । इमरजेन्सी तथा ओपीडीका लागी टिकेट काट्ने काउण्टरमा समेत भिडभाड गरी समाजीक दुरी अपनाइएको देखिदैन । करिब ३० देखी ४० जनाको संख्यामा ओपीडिमा उपचारका लागी आएका सर्वसाधारणहरुलाई समेत बिना समाजीक दुरी अपनाई एकै ठाउमा लाईन लगाएर बसाएको देखियो ।

अस्पताल प्रसाशनको लापरवाही यही रोकी दैन सर्वसाधारणको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पनि समान्य गाउन मात्र लगाएर विरामीको उपचार गरिरहेका छन । आइसियु जस्तो सम्बेदसिल वार्डमा खटिरहेको स्वास्थ्यकर्मी समेतलाई पिपीई सेट नदिएर समान्य गाउन मात्र लगाएर स्वास्थ्यकर्मी खटिरहेका छन नाम नछाप्ने सर्तमा एक चिकित्सकले बताए ।

एनी हाउ माल कमाउ नितीका कारण अस्पतालको यस्तो लापरवाहीले उपचारका लागी अस्पताल पुग्ने सर्वसाधारण तथा स्वास्थ्यकर्मी समेत कोरोनाको उच्च जोखीममा रहेका छन । पैसा कमाउन मात्र ध्यान केन्द्रीत राखेको तराई हस्पीटलले कोरोना रोकथामका लागी तत्काल सावधानी अपनाउन जरुरी देखिन्छ ।

सुविधा सम्पन्न अस्पतालको रुपमा केही वर्ष अगाडी सञ्चालनमा आएको तराई अस्पतालले कोरोना जस्तो महामारी संग लडन तथा रोकथाममा कुनै सावधानी नअपनाएर सर्वसाधारण तथा स्वास्थ्यकर्मीको जिवन संग खेलवाड गर्ने यस्ता अस्पताललाई सम्बन्धीत निकायले तत्काल सचेत गराउन जरुरी देखिन्छ ।

यस सम्बन्धमा बुझन् तराई अस्पतालको प्रसाशन शाखा हेर्ने दिलिप राउत कुर्मीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

error: Content is protected !!