थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

वीरगञ्ज  – नेपालमा थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

आज संक्रमित हुनेमा सबैभन्दा बढी २६ जना रौतहट जिल्लाका रहेका छन भने बारामा २१ जना रहेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।

error: Content is protected !!