मरिच तस्करीको ट्रान्जीट बन्दै वीरगंज

वीरगंज ।
तेश्रो मुलुकबाट ठुलो परिमाणमा कालो मरिच आयात गरेर बीरगन्ज नाका हुदै भारत तर्फ चोरी निकासी गर्ने क्रम पछिल्ला दिनहरुमा बढेको छ ।
नेपालमा कम माग रहेपनि यो मसलाको अप्रत्याशित आयातको क्रम भने दिनदिनै बढ्दै जानु र पर्साको सिमावर्ती क्षेत्रबाट केहि साता यता धमाधम मरिच बरामद हुनुले व्यापक रुपमा मरिच तस्करीको पुष्टी भएको छ । वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट मुलुकमै सर्वाधिक बढी मरिच आयात भई रहेकोे छ । यस बाहेक वीरगन्ज र आइसिपि नाकाबाट पनि हाल मरिच आयात भई रहेको छ ।

पछिल्ला ११ महिना देखि मरिचको आयात १२ गुणाले बढेको भंसार तथ्याङ्गले देखिन्छ । सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक अनुसार, चालु आवको पहिलो ११ महिनामा बीरगन्ज भएर २ अर्ब २० करोड ३९ लाख ४६ हजार रुपैया बराबरको ५५ लाख ८४ हजार १ सय ४९ किलो मरिच आयात भएको छ ।

photo-google.

गत आर्थिक वर्षको यसै अवधिमा मात्र ३२ करोड ८० लाख रुपैया बराबरको ४ लाख १ हजार ४ सय ३ किलो मरिच आयात भएको थियो । भंसार तथ्यांङ्गले पछिल्ला ११ महिनामा आवश्यक्ता भन्दा ५० लाख किलो मरिच बढी भित्रिएको पाइन्छ । अर्थात १ वर्षमा १ अर्ब ८० करोड मुल्य बराबरको ५० लाख किलो भन्दा बढी मरिच भारत तस्करी भएको छ ।

नेपालमा मरिच बिशेष गरी भियतनाम र ब्राजिलबाट आयात हुन्छ । मरिचको मुख्य औद्योगिक आयातकर्तामा डाबर नेपाल र चौधरी गु्रप छन् भने अन्य आयातकर्तामा आधा दर्जन बढी टे«डिङ्ग कम्पनी छन् । ती मध्ये अधिकांश वीरगन्जकै छन् ।

पर्सामा एसपी फेरिएपछि ठुलो परिमाणमा तस्करीको मरिच बरामद हुन थालेपछि मरिचको तस्करी प्रहरीको मिलोमतो मै हुदै आएको रहस्यहरु बहिर आएको छ । जेष्ठ २२ गते वीरगंजबाट भारत तर्फ गइरहेको युपी ७८ बीटी ३८०४ नम्बरको भारतीय ट्रकलाई भन्सार हुदै शंक्राचार्य गेट भन्दा ५० मिटर दक्षीण तर्फ भारत प्रवेश गर्ने क्रममा चेकजाच गर्दा १२ हजार २०० किल्लो कालो मरिच बरामद भयो ।

त्यस्तै जेष्ठ २० गते पर्साको विन्दवासिनी गाउपालीका ४ अमरपटी नाकाहुदै नेपाल बाट भारत तर्फ गईरहेको ना ३ त २४३६ नम्बरको टयाक्टरमा लोड १ हजार ८ सय ७५ केजी कालो मरिच प्रहरीले नियंत्रणमा लिइयो ।

जिल्ला प्रहरी कार्यालय, पर्साले विगत १ महिनामा १६ हजार किलो मरिचसहित ८ जनालाई पक्राउ गरेको बताएको छ । मरिचसहित एक थान ट्रक, दुई थान ट्याक्टर र एक थान मोटरसाइकल सहित ८ जनालाई पक्राउ गरेको बताएको छ । मरिच उत्पादक मुलुकहरुमा यस बर्ष अत्यधिक मरिच उत्पादन भएकाले ती मुलुकले यसको मूल्य पनि घटाएकाछन् ।

उनीहरुले अझै केही बर्ष उत्पादन वृद्धीसंगै मूल्य घटाउदै लग्ने नीति अपनाएकाछन् । भारतले आफ्ना किसानको उत्पादनलाई प्रोत्साहन दिन यस्ता मसलाको तेश्रो मुलुकबाट आयातमा कडाई गरेको छ ।

तर खुल्ला सीमाको कारण नेपालबाट भारत तस्करी गरी लग्न सहज भएकाले कारोबारीले नेपालमा आयात गरेर भारत तर्फ मरिच तस्करी गरीरहेका छन् । मरिचको तस्करीमा वीरगन्ज र भारतको बेतिया क्षेत्रका तस्कर गिरोहको संलग्नता रहेको बताइएको छ ।

error: Content is protected !!