कोरोना जितेर ९ जना घर फर्किए, निको हुनेको संख्या ७९ पुग्यो

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालकाे आइसाेलेसनमा उपचारत काेराेना संक्रमित ९ जना आज डिस्चार्ज भएका छन् ।

अस्पतालबाट डिस्चार्ज हुनेमा पर्साका ३ जना, बाराका २ जना, राैतहटका ३ जना र एक जना भारतिय नागरिक रहेकाे मेडिकल सुपरिटेंडेंट डा मदन उपाध्यायले जानकारी दिनुभयाे ।

मेडिकल सुपरिटेंडेंटका अनुसार पर्साकाे वीरगंज महानगरपालिका वडा नं. २,३, १६ का क्रमश ३०, ५०, ५१ बर्षका पुरुष, बाराकाे सिम्राैनगढ ४ का ३१ बर्षिय पुरुष, जितपुर सिमरा १ का ४३ बर्षिय पुरुष, राैतहट गुजरा नगरपालिका ५ का ३५ बर्षिय पुरुष, इशनाथ नगरपालिकाका १९ बर्षिय पुरुष, बृन्दावन नगरपालिकाका २४ बर्षिय पुरुष र एक ४२ बर्षिय भारतिय पुरुष रहेका छन् ।

नारायणी अस्पतालकाे आइसाेलेसनमा उपचारत ७१ जना मध्ये ९ जनाकाे लगातार २ पटककाे पिसिआर रिपाेर्ट नगेटिभ आए पछि डिस्चार्ज गरिएकाे मेडिकल सुपरिटेंडेंट उपाध्यायले वताउनुभयाे ।

यसै बिच नारायणी अस्पताल वीरगंजकाे आइसाेलेसन मै उपचारत वीरगंजका २ जना पत्रकारकाे पिसिआर रिपाेर्ट नगेटिभ आएकाे छ ।

दुबै पत्रकारकाे पुन: ३ दिन पछि पिसिआर परिक्षण गरिने र दाेस्राे पटक पनि रिपाेर्ट नगेटिभ आए डिस्चार्ज गरिने छ ।

error: Content is protected !!