कोरोना अपडेट – थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

वीरगञ्ज – नेपालमा थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।

error: Content is protected !!